गायक प्रमोदको जाहेरीमा विन्दवासिनी म्युजिक सञ्चालक पक्राउ

गायक प्रमोदको जाहेरीमा विन्दवासिनी म्युजिक सञ्चालक पक्राउ

प्रमोदले आफ्नो सिर्जनामा अधिकार नपाएको भन्दै सुवासविरुद्ध काठमाडौं टेकुस्थित महानगरीय प्रहरी परिसरमा मानहानी, करार उल्लंघन र करार सकिएपछि प्रतिलिपि अधिकार हनन गरेको उजुरी दर्ता गरेका छन्।

उक्त एल्बममा समावेश ‘पोखरामा’ बोलको गीतमा दुवैबीच लेनदेन विवाद छ।

‘प्रणय’ एल्बम विवाद : दोषी प्रमोद खरेल कि सुवास रेग्मी ?

त्यसअघि आफ्नो सिर्जनामा प्रमोदले अधिकार नपाएको भन्दै ५७ जना संगीतकर्मी परिसरमा पुगेका थिए।

संगीतकार लक्ष्मण शेष, गायक राजेशपायल राई, शिव परियार, सत्यराज आचार्य, स्वरूपराज आचार्य, इन्दिरा जोशी, संगीतकार तथा गायक चेतन सापकोटा, कालीप्रसाद बास्कोटा, रचना रिमाल लगायतको टोली प्रमोदलाई न्याय दिलाउन माग गर्दै परिसर पुगेको थियो। उनीहरूले अपिल जारी गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्।

यता सुवासले भने एल्बममा आफूले लगानी गरेकाले गीतमा आफ्नो अधिकार रहेको दाबी गरेका छन्।


के हो विवाद ?

विन्दवासिनी म्युजिक कम्पनी र प्रमोदबीच ‘प्रणय’ एल्बमको गीत ५ वर्षका लागि सम्झौता भएको थियो। २०६६ मा बजारमा आएको उक्त एल्बममा ८ ओटा गीत समावेश थिए।

प्रमोदले गीतको बजार प्रवद्र्धनका लागि विन्दवासिनी म्युजिक कम्पनीलाई जिम्मा दिएको थियो। त्यसबाफत विन्दवासिनीले प्रमोदलाई एड्भान्सस्वरूप केही रकम दिएको रहेछ।

त्यो समयमा भिडियो बनाउन र अडियो निर्माणका लागि भन्दै एड्भान्स दिने चलन थियो। उनीहरूबीच त्यही सम्झौता भएको रहेछ।

११ वर्षपछि प्रमोदले आफ्नो हिसाब–किताब माग्दा सुवासले उनलाई गालीगलौजसँगै सामाजिक सञ्जालमा जथाभावी लेखे। त्यसपछि प्रमोदले प्रहरीमा जाहेरी दिए।
 

२७ पुस, २०७७, २३:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।