रामचन्द्रले गगनलाई संसदीय दलको नेता हुन शुभकामना दिँदा देउवा मुसुक्क हाँसे

रामचन्द्रले गगनलाई संसदीय दलको नेता हुन शुभकामना दिँदा देउवा मुसुक्क हाँसे

काठमाडौँ : कांग्रेस संसदीय दलको नेताको चुनावी प्रतिस्पर्धाका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा सँगै उम्मेदवारी दर्ता गर्न गए। सिंहदरबारमा रहेको संसदीय दलको कार्यालय परिसरमा निर्वाचन समितिले उम्मेदवारी दर्ताको व्यवस्था गरेको थियो।

उम्मेदवारी दर्ताको बेलामा देउवा र गगनको बिचमा परे पार्टी नेता रामचन्द्र पौडेल। पौडेल देउवाको प्रस्तावक छन्। सँगै भएपछि उनले गगनलाई संसदीय दलको नेताका लागि शुभकामना दिँदा देउवा मुसुक्क हाँसेका थिए। गगन र पौडेल दुवै हाँसेर धन्यवाद दिए। शेखर भने भिडमा चेपिएर छेउमा पुगेका थिए। विश्वप्रकाश शर्मा अगाडि उभिएर मस्त हासिरहेका थिएश्र

देउवाको प्रस्तावक  पौडेल बसेका छन् भने समर्थक पूर्णबहादुर खड्का छन्। उता थापाको प्रस्तावक शेखर कोइराला र समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल बसेका छन्।

संस्थापन इतर समूहबाट शेखर आफैँ संसदीय दलको नेताको उम्मेदवार बन्ने तयारीमा थिए। मङ्गलवार बिहान भएको छलफलमा १५ औँ महाधिवेशनमा पनि गगनले शेखरलाई नै सभापतिमा सहयोग गर्ने सहमति भएपछि शेखरले गगनको नाम प्रस्ताव गरेका हुन्।

गगनको नाम सर्वसम्मत भए लगत्तै प्रकाशमान सिंह समूहका महामन्त्री विश्वप्रकाश शर्मा गगनको पक्षमा खुले भने उता १४ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको समूहबाट देउवा प्यानलमा बसेर महामन्त्रीको उम्मेदवार बनेका प्रदीप पौडेल समेत गगनको पक्षमा खुलेका छन्।

कांग्रेस संसदीय दल निर्वाचन फलोअप

५ पुस, २०७९, १५:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।