बाइडेनको शपथमा ट्रम्प सहभागी नहुने

बाइडेनको शपथमा ट्रम्प सहभागी नहुने

उनले ट्विट गरेर शपथ समारोहमा आफू सहभागी नहुने घोषणा गरेका हुन्।
बाइडेनले २० जनवरीमा शपथ खादै छन्। नयाँ राष्ट्रपतिको स्वागतमा ह्वाइ हाउसबाट बाहिरिँदै गरेका राष्ट्रपति सहभागी हुँदै आएका छन्।

निर्वाचनमा दोस्रो कार्यकालका लागि पराजित भए पनि ट्रम्पले चुनावी नतिजा अस्वीकार गर्दै आएका थिए।

ट्रम्पका समर्थकले अमेरिकी संसद् भवनमा आक्रमण गरेपछि उनले हार स्विकारे। तर एकाएक शपथ कार्यक्रममा सहभागी नहुने घोषणा गरे।

२४ पुस, २०७७, २३:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।