डा. केसीको ‘शून्यको मूल्य’ सार्वजनिक

डा. केसीको ‘शून्यको मूल्य’ सार्वजनिक

सुर्खेत : डाक्टर नवराज केसीको पुस्तक ‘शून्यको मूल्य’ सार्वजनिक भएको छ।

सास, साहस र स्नेहको कथा भनिएको पुस्तक शनिबार वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।

कार्यक्रममा सहभागीहरूले पुस्तकले कर्णालीको वास्तविकता बोलेको भन्दै प्रसंशा गरे।

विशेषतः कर्णालीका महिलाहरूले भोग्नुपरेको वास्तविक चित्रलाई पुस्तकमा चित्रण गरिएको डा. केसीले बताए।

एप्रोन लगायर कर्णालीमा समाजसेवा गर्दै आएका डा. केसी कर्णालीमा दुर्गम ठाउँमा पुगेर काम गर्दै गर्दा त्यहाँका आमाको सास, साहस र स्नेहका कथा देखेको र तिनै कथाहरूको संगालो ‘शून्यको मूल्य’ भएको उनले बताए।

पुस्तक सार्वजनिक कार्यक्रममा सहभागी लेखक तथा अभियान्त राधा पौडेलले  ‘शून्यको मूल्य’ले अन्धकार समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देश प्रवाह गरेको बताइन्।

पौडेलले ४ सय वर्षदेखि पैतालाको धुलोसरी राज्य र खबरदारी गर्ने नागरिक समाजले बेनाम बनाएको, अस्तित्त्वहीन बनाएको, जुर्मुराउन नदिएको, धर्म, संस्कृति, संस्कार, चलन, प्रथा, दासत्त्वका नाममा गाँजेर रहेको महिला माथिको शोषण विरुद्धका लागि ‘शून्यको मूल्य’ १० रेक्टरको भूकम्पको कम्पन जस्तै भएको दाबी गरिन्।

पुस्तक सार्वजनिक कार्यक्रममा लेखक म्यागी डोयन, अम्बिका गिरी, महेश नेपाली लगायतका लेखक तथा साहित्यकारहरूले पुस्तकमाथि चर्चा परिचर्चा गरेका थिए।

१७ मंसिर, २०७९, २०:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।