छोरी न्यासाको बलिउड डेब्यूबारे बोले अजय देवगन (तस्बिरहरू)

छोरी न्यासाको बलिउड डेब्यूबारे बोले अजय देवगन (तस्बिरहरू)

एजेन्सी : बलिउड अभिनेता अजय देवगन यतिबेला फिल्म ‘दृश्यम २’ लाई लिएर चर्चामा छन्।

फिल्ममा अजय देवगनका अलावा तब्बु र अक्षय खन्ना पनि मुख्य भूमिकामा छन्। ‘दृश्यम २’ को सम्पूर्ण टिमसँगै दर्शकहरू पनि यो फिल्मको रिलिजलाई लिएर निकै उत्साहित थिए।

यसै क्रममा फिल्मको प्रचार गरिरहेका अजय देवगनलाई उनकी छोरी न्यासा देवगनको बलिउड डेब्युको बारेमा सोधिएको थियो। ई–टाइम्ससँग कुरा गर्दै अजयले छोरी न्यासाको डेब्युको बारेमा खुलेर कुरा गरे।

अजयले भने, ‘मेरी छोरीले अभिनय गर्ने इच्छा अहिलेसम्म व्यक्त गरेकी छैन, बलिउड डेब्यू गर्ने कुरा कलोकल्पित हो।’

हालै न्यासा अन्य स्टार किड्ससँग दिवाली पार्टीमा देखिएकी थिइन्। सो पार्टीमा उनको लुक भाइरल भएको थियो। केही समयअघि सिंगापुर कलेजबाट पढाइ पूरा गरेकी उनी अहिले मुम्बईमै छिन्।

न्यासा देवगन ठूला पर्दाबाट टाढा भए पनि उनको लोकप्रियता भने बढिरहेको छ। न्यासाका तस्बिर र भिडियो केही मिनेटमै सामाजिक सञ्जालमा भाइरल हुन्छन्। यस्तो अवस्थामा उनका फ्यानहरु उनलाई ठूलो पर्दामा हेर्न निकै उत्साहित छन्।

अहिले अजय देवगनको कामको कुरा गर्ने हो भने केही दिनअघि उनी फिल्म ‘थ्याङ्क गड’ मा देखिएका थिए। यसबाहेक अजय देवगन छिट्टै ‘भोला’, ‘चाणक्य’, ‘गोबर’ जस्ता फिल्ममा पनि देखिनेछन्।

२ मंसिर, २०७९, १८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।