कोशी प्रदेशको नीति तथा कार्यक्रममा घरबार विहीनलाई घर, लोकसेवालाई ट्यालेन्ट हब बनाइने
काठमाडौं : कोशी प्रदेश सरकारले उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र सुशासनलाई मुख्य प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम ल्याएको छ।
प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ल्याएको प्रदेशको नीति तथा कार्यक्रममा कृषि, ऊर्जा, पर्यटन, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिलाई आर्थिक वृद्धिका प्रमुख आधारका रूपमा अघि सारिएको छ।
प्रदेश लोकसेवा आयोगलाई ट्यालेन्ट हब बनाइने, कृषि उत्पादन बढाउन, सिँचाइ विस्तार र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिइने उल्लेख छ। युवालाई स्वरोजगार तथा उद्यमशीलतामा आकर्षित गर्न विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
पूर्वाधारतर्फ सडक, पुल, खानेपानी तथा ऊर्जा आयोजनालाई तीव्रता दिने सरकारको योजना छ। हरित ऊर्जा तथा नवीकरणीय ऊर्जामा निजी क्षेत्रको लगानी आकर्षित गर्ने नीति पनि कार्यक्रममा समेटिएको छ।
पर्यटन प्रवर्द्धन, सूचना प्रविधिको विस्तार र उद्योग क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ। सार्वजनिक सेवा प्रवाहलाई डिजिटल प्रणालीमार्फत छिटो, पारदर्शी र प्रभावकारी बनाउने कार्यक्रम पनि अघि सारिएको छ।
शिक्षामा प्राविधिक तथा सीपमूलक शिक्षामा जोड दिइने भएको छ भने स्वास्थ्य क्षेत्रमा अस्पताल सुदृढीकरण र सेवाको पहुँच विस्तार गरिने उल्लेख गरिएको छ। त्यस्तै, सामाजिक सुरक्षा कार्यक्रम विस्तार, महिला तथा पिछडिएका समुदायको सशक्तीकरण, सहकारी तथा वित्तीय क्षेत्र सुधार र भ्रष्टाचार नियन्त्रणलाई पनि सरकारले प्राथमिकतामा राखेको छ।
सरकारले नीति तथा कार्यक्रममार्फत कोशी प्रदेशका विपन्न नागरिकलाई लाई आगामी आर्थिक वर्षको कोशी जनता आवास कार्यक्रम समावेश गरिएको छ।
जेठ १०, २०८३ आइतबार २१:५४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।