प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीले बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीले बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्ने भएको छ। बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ।

यसैगरी, आ.व. २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल जारी रहनेछ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

जेठ ५, २०८३ मंगलबार ०८:००:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।