बाघको आक्रमणबाट कञ्चनपुरमा वन हेरालु घाइते

बाघको आक्रमणबाट कञ्चनपुरमा वन हेरालु घाइते

महेन्द्रनगर  : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका छन्। एकता सामुदायिक वनमा सोमबार पाटे बाघले आक्रमण गर्दा वन हेरालु सन्तराम चौधरी घाइते भएका हुन्।

जिल्लास्थित डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन कार्यालय प्रमुख लक्ष्मीराज जोशीले कृष्णपुर नगरपालिका-६ स्थित एकता सामुदायिक वनमा सोमबार बाघले आक्रमण गर्दा वन हेरालु चौधरी घाइते भएको जानकारी दिए।

“घाइते चौधरीको अत्तरिया अस्पतालमा उपचार हुँदैछ”, उनले भने, “वन क्षेत्रमा कामको सिलसिलामा गएका बेला बाघले चौधरीलाई आक्रमण गरेको हो।” वन कार्यालयले लालझाडी जङ्गल क्षेत्रमा आवतजावत गर्दा सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

जेठ ४, २०८३ सोमबार २१:२१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।