‘मेरो प्रेम अधुरो’ निर्माण गर्दै प्रवेश पौडेल : कबिर हिरो पक्का, हिरोइनको खोजी
काठमाडौं : ‘अमेरिका बोइज’ र ‘बिहे पास’को निर्माण तथा निर्देशन गरेका प्रवेश पौडेलले अर्को फिल्म ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा गरेका छन्। उनले हालै आफ्नो तेस्रो निर्देशकीय फिचर फिल्म निर्माणको घोषणा गरेका हुन्।
फिल्ममा अभिनेता कबिर खड्का मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन्। अन्य कलाकारको भने निर्माण पक्षले टुङ्गो लगाएको छैन। निर्देशक पौडेलका अनुसार अभिनेत्री तथा अन्य कलाकारहरूसँग कुराकानी भइरहेको छ। तर फाइनल भइसकेका छैनन्।
दुई अभिनेत्रीको खोजी भइरहेको निर्देशक पौडेलले जानकारी दिएका छन्। उनका अनुसार दुवै जना अभिनेत्री अडिसनबाट छानिने छन्। आगामी साउनबाट सुटिङ हुने यो फिल्मको युरोप र अष्ट्रेलियामा खिचिने छ। सितारा फिल्मस् र कबिर खड्का फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मलाई सुरेन्द्र रावलले निर्माण गर्न लागेका हुन्।
लभस्टोरी कथामा निर्माण हुने यस फिल्मका सह-निर्माता करण खड्का हुन्। शरद महतोको डिओपी, अर्जुन कटुवालको संगीत र क्रियटिभ निर्देशकमा बमबहादुर थापा छन्। यसै फिल्मबाट अभिनेता अभिनेता कबिर खड्का निर्माताका रूपमा अगाडी आउन हुन्।
त्यसैगरि अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘बिहे पास’निर्देशक पौडेलको फ्लप फिल्म हो। जसमा दयाहाङ राई लगायतले अभिनय गरेका छन्। तेस्रो निर्देशकीय फिल्मले उनलाई सफलता दिलाउँछ कि दिलाउँदैन,त्यो भने यस फिल्मको प्रदर्शन ताका नै थाहा हुन्छ। निर्माण टिमले फिल्मको छायांकन मिति घोषणा गरेको भएता पनि प्रदर्शन तय गरेका छैनन्।
जेठ ३, २०८३ आइतबार १४:२६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।