आइतबार ०३ जेठ, २०८३
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ।
शुक्रबारको तुलनामा आज सुन तोलामा चार हजार पाँच सय र चाँदी तीन सय ३० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार कायम भएको छ।
शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सयमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य तोलामा तीन सय ३० रुपैयाँले घटेर पाँच हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी पाँच हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको थियो।
जेठ ३, २०८३ आइतबार १०:५९:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।