ओलीलाई अविलम्ब रिहा गर्न एमाले महासचिवको माग

ओलीलाई अविलम्ब रिहा गर्न एमाले महासचिवको माग

काठमाडौं : पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले महासचिव शंकर पोखरेलले अविलम्ब रिहा गर्न माग गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै ओलीको पक्राउ प्रतिशोधपूर्ण रहेको र त्यसको मूल्य धेरै महँगो पर्ने पनि चेतावनी दिएका छन्।

‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ। जिम्बवार बन, अविलम्ब रिहा गर’, उनले भनेका छन्।

भदौ २३ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरिबहादुर कार्की नेतृत्वको छानबिन आयोगले गरेको सिफारिसअनुसार सरकारले तत्कालीन प्रधामन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई शनिबार एकाबिहानै भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।

चैत १४, २०८२ शनिबार ०८:४५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।