बालेनको प्रधानमन्त्री शपथमा मञ्चमा देखिएको रमाइलो दृश्य

बालेनको प्रधानमन्त्री शपथमा मञ्चमा देखिएको रमाइलो दृश्य

काठमाडौैं : बटुक र बौद्ध भिक्षुहरूबाट शान्तीस्वस्ती र मन्त्रोच्चारण गराउँदै हिन्दु र बौद्ध धर्मको फ्युजन गराएर प्रधानमन्त्रीको शपथ लिएका बालेन्द्र शाहको शपथको अर्को रोचक दृश्य बन्यो उनको छोरी। शपथ सकिएपछि कार्यक्रम सञ्चालकले प्रधानमन्त्री शाहको परिवारका सदस्यहरूलाई सामूहिक तस्बिर खिचाउन मञ्चमा आउन अनुरोध गरे।

लगत्तै शाहको दाइ, भाउजूसहित श्रीमती सविना काफ्ले पनि मञ्चतिर लागिन्। उनीसँगै थिइन् २ वर्षकी छोरी। बल्ल बल्ल भर्याङ चढेर सविना मञ्चमा पुगे लगत्तै छोरी बाबु बालेन भएतिर हैन मञ्चको अगाडितिर दौडिइन्।

त्यो दृश्य देखेर मञ्चमा रहेका राष्ट्रपतिसहित रमाएको देखियो। सविनाले छोरीलाई लिएर बालेन बसेको कुर्सीको पछाडि उभिइन्। कुर्सीले छोरी छेक्ने नै भयो।

अनि बालेन उठेर छोरीलाई उठाएर काखमा राखे। त्यही बेलामा निवर्तमान प्रधानमन्त्री बनेकी सुशीला कार्कीले बालेनको छोरीलाई केही भनिन्। आफ्नो बाबु देशको प्रमुख कार्यकारी पदमा भर्खरै नियुक्त भएको करिब २ वर्षकी बालिकालाई के थाहा। उनी उही बालशुलभताका साथ आफ्नो बाबुको काखमा बसिरहिन्।

चैत १३, २०८२ शुक्रबार २०:०८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।