बालेनको मन्त्रिपरिषद्मा वरीयतामा सुधन गुरुङभन्दा शिशिर खनाल पछाडि (सूचीसहित)

बालेनको मन्त्रिपरिषद्मा वरीयतामा सुधन गुरुङभन्दा शिशिर खनाल पछाडि (सूचीसहित)

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् गठन गरेसँगै राष्ट्रपतिको कार्यालयले वरीयतासहितको मन्त्रीहरूको नाम र जिम्मेवार सार्वजनिक गरेको छ।

राष्ट्रपति कार्यालयले शुक्रबार सार्वजनिक गरेको मन्त्रीहरूको सूचीअनुसार, गृहमन्त्री बनेका सुदन गुरुङलाई परराष्ट्रमन्त्री बनेका शिशिर खनालभन्दा माथिल्लो वरीयतामा राखिएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्री शाहको वरीयता पहिलो र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको वरीयता दोस्रो स्थानमा छ।

त्यसलगत्तै, तेस्रो वरीयतामा गृहमन्त्री सुदन गुरुङलाई राखिएको छ भने परराष्ट्रमन्त्री शिशिर खनाल वरीयता क्रममा चौथो स्थानमा परेका छन्।

यस्तै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री सुनिल लम्साल पाँचौं वरीयतामा हुँदा ऊर्जा मन्त्रालय सम्हालेका बिराजभक्त श्रेष्ठ छैटौं वरीयतामा छन्।

प्रधानमन्त्री शाहले रक्षा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन्।

शुक्रबार नै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री शाह र उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

चैत १३, २०८२ शुक्रबार १५:३४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।