टिप्परको ठक्करबाट एक जनाको मृत्यु

टिप्परको ठक्करबाट एक जनाको मृत्यु

घोराही : टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा घोराही-१३ भ्युडरकी ५२ वर्षीया जुठी पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।

आज बिहान सिमेन्ट उद्योगको चुन ढुङ्गा बोकेर घोराहीतर्फ जाँदै गरेको रा१प १२९३ नम्बरको टिप्परले घोराही रोल्पा सहिदमार्गअन्तर्गत बाह्रकुने दह नजिक निजलाई ठक्कर दिएको हो।

टिप्पर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

चैत १३, २०८२ शुक्रबार ११:५६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।