भिरबाट लडेर जनप्रतिनिधिको मृत्यु

भिरबाट लडेर जनप्रतिनिधिको मृत्यु

गोदावरी : कैलालीको चुरे गाउँपालिका-५ भासु गाउँमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चुरे गाउँपालिका-५ का वडासदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो।

उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएकी थिइन् तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो।

चैत १३, २०८२ शुक्रबार ०९:१६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।