सेयर बजारमा दोहोरो अंकको सुधार, १३ अर्ब बढीको कारोबार

सेयर बजारमा दोहोरो अंकको सुधार, १३ अर्ब बढीको कारोबार

काठमाडौं : साताको अन्तिम कारोबार दिन  सेयर बजार दोहोरो अंकले बढेको छ। बिहीबार नेपाल स्टक एक्सक्चेञ्ज (नेप्से) १४.२१ अंकले बढेर २९५०.१६ विन्दुमा पुगेको छ। 

नेप्से बढेपनि कारोबार रकम घटेको छ। दिनभरमा १३ अर्ब १६ करोड २९लाख रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन १५ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

१७८ कम्पनीको मूल्य बढ्दा ८० को घट्यो भने ८ को स्थिर रह्यो।

हाइड्रोपावर समूह सबैभन्दा धेरै १.५६ प्रतिशत बढ्यो। 

त्यस्तै बैंकिङ ०.३७, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.८१, लगानी ०.५१, उत्पादन तथा प्रशोधन १.५०, माइक्रोफाइनान्स ०.२०, निर्जीवन बीमा ०.४३ र अन्य समूह ०.६५ प्रतिशत घटे।

विकास बैंक ०.०५, जीवन बीमा ०.०४ र व्यापार  २.८४  प्रतिशत घटे।

रिलायन्स स्पिनिङ मिल्स,सुपर खुदी र होटल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशत बढेको छ। सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावर ९.९९ प्रतिशत बढे। 

आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, एसवाई प्यानल, नेशनल हाइड्रोपावर, रिडी पावर र ङादी ग्रुप छन्।

चैत १२, २०८२ बिहीबार १५:२६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।