नवनिर्वाचित सांसदहरूले गरे शपथ ग्रहण
काठमाडौं : प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथग्रहण गरेका छन्।
सिंहदरबारमा रहेको संघीय संसद भवनको बहुउदेश्यीय हलमा सांसदहरूलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथग्रहण गराएका हुन्।
शपथ ग्रहणमा उपस्थित सांसदहरूका लागि आजै सांसदको लोगो र ब्याग उपलब्ध गराइएको छ।

शपथग्रहणमा सहभागी हुन आएका नवनिर्वाचित सांसदहरू सांस्कृतिक पोशाकमा देखिएका थिए।
चैत १२, २०८२ बिहीबार १४:३२:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।