भक्तपुरमा ‘हाट बजार तथा फूड मेला’, शनिबार ३५० रुपैयाँमै ब्रन्च बुफेको आकर्षण
भक्तपुर : भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटलमा यही चैत १२ देखि १४ गतेसम्म तीनदिने ‘हाट बजार तथा फूड मेला २.०’ आयोजना हुँदैछ।
संस्कृति, स्वाद र समुदायलाई एउटै छानामुनि ल्याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो।
मेलाको मुख्य आकर्षणका रूपमा शनिबार मात्र ३५० रुपैयाँमा ‘ब्रन्च बुफे’ को व्यवस्था गरिएको छ, जुन पारिवारिक जमघटका लागि उत्कृष्ट अवसर हुने आयोजकको विश्वास छ।
मेलामा हस्तकला, फेसन सामग्री, अर्गानिक उत्पादन र विभिन्न स्टार्टअपका स्टलहरू रहनेछन्। साथै, आगन्तुकहरूले स्थानीय नेवारी परिकारदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका खानेकुराको मज्जा लिन सक्नेछन्।
‘घरमा मात्र होइन, बाहिर निस्किएर रमाइलो गरौँ’ भन्ने नारासहित आयोजना हुने मेला बिहानदेखि साँझसम्म चल्नेछ।
चैत १२, २०८२ बिहीबार ११:५८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।