२९ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

२९ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा दुई हजार नौ सय घटेको छ भने चाँदीमा एक सय घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार छ सयमा कारवबार भइरहेकको छ। 

बुधबार सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सयमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदी चार हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार चाँदी चार हजार ९२० मा कारोबार भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

चैत १२, २०८२ बिहीबार ११:३२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।