संसदीय दलको नेता छान्न रास्वपाको केन्द्रीय समिति बैठक आज अपराह्न बस्दै

संसदीय दलको नेता छान्न रास्वपाको केन्द्रीय समिति बैठक आज अपराह्न बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। 

बैठक आज अपराह्न ४ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो। 

पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न बैठक डाकेको सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए। प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथपछि बैठक हुने उनले बताए। 

आजको बैठकबाट संसदीय दलको नेता चयन भएपछि शुक्रबार बालेन प्रधानमन्त्री बन्नेछन्। उनको शपथको समय तोकिसकिएको छ।

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले नेता शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो। 

चैत १२, २०८२ बिहीबार १०:३६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।