चार प्रदेशमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ।
आज दिउँसो देशका पहाडी र हिमाली भागमा सामान्य बादल लाग्ने छ भने बाँकी भागमा मौसम सफा रहने छ। सबै प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।
त्यसैगरी, आज राति देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। तराई भू-भागमा आंशिक बादल लाग्नेछ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।
साथै महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध पनि गरेको छ।
चैत १२, २०८२ बिहीबार ०७:२७:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।