बालेनले शुक्रबार मध्याह्न १२:३४ बजे प्रधानमन्त्रीको शपथ लिने

बालेनले शुक्रबार मध्याह्न १२:३४ बजे प्रधानमन्त्रीको शपथ लिने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चैत १३ गते मध्याह्न १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिने तय भएको छ। 
 
शपथ ग्रहण समारोहमा ७ वटा शंखनादका साथै १०८ जना बटुकहरूले स्वस्ति वाचन गर्नेछन्। १६ जना बौद्ध भिक्षुहरूद्वारा अष्ठमंगल पाठ पाठ गरिने समेत तय गरिएको छ।

त्यस्तै, बालेनले २:१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने भएका छन्।

फागुन २१ को निर्वाचनमा करिब दुई-तिहाइ बहुमत बहुमत प्राप्त गरेको रास्वपाले आगामी चैत १३ गते एकल सरकार बनाउँदै छ। 

चैत ११, २०८२ बुधबार १६:३३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।