इरानी वार्ताकारले अमेरिकालाई तेल र ग्याससँग जोडिएको ‘महत्वपूर्ण उपहार’ दिए : ट्रम्प
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारहरूले अमेरिकालाई तेल र ग्याससँग सम्बन्धित एउटा ‘निकै महत्त्वपूर्ण उपहार’ दिएको दाबी गरेका छन्।
ट्रम्पका अनुसार उक्त उपहार होर्मुज जलडमरुसँग जोडिएको छ। यद्यपि, उनले यसबारे थप कुनै विस्तृत जानकारी भने दिएका छैनन्।
यस उपहारका कारण आफ्नो प्रशासनले ‘सही व्यक्तिहरूसँग कुराकानी गरिरहेको’ महसुस भएको अमेरिकी राष्ट्रपतिले बताएका छन्।
राष्ट्रपति ट्रम्पले मंगलबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनका क्रममा यस्तो दाबी गरेका हुन्।
यसका साथै, इरानी वार्ताकारहरू अमेरिकासँग ‘सम्झौता गर्नका लागि निकै आतुर रहेको’ पनि उनले जिकिर गरेका छन्।
चैत ११, २०८२ बुधबार १३:०३:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।