तोलामा साढे ६ हजार रुपैयाँ घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य लगातार भारी मूल्यले घट्ने क्रम जारी छ।
आइतबार तोलामा १२ हजार पाँच सय घटेको सुनको मूल्य सोमबार ६ हजार ५ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो। एक हप्ताको अवधिमा सुनको मूल्य ३४ हजार रुपैयाँ घटेको छ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा एक सय १५ रुपैयाँ घटेर चार हजार चार सय २५ मा कारोबार भइरहेको छ।
आइतबार चाँदी चार हजार पाँच सय ४० रुपैयाँमा कारोबार भएको थियो।
चैत ९, २०८२ सोमबार ११:०८:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।