सुन्धाराको ‘मुम्बई जाइका’लाई १० हजार जरिवाना

सुन्धाराको ‘मुम्बई जाइका’लाई १० हजार जरिवाना

काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार गरेको बजार अनुगमनका क्रममा काठमाडौंको सुन्धारास्थित ‘मुम्बई जाइका’ नामक फर्मलाई कारबाही गरेको छ।

नियमित निरीक्षणका क्रममा उक्त फर्ममा कैफियत भेटिएपछि विभागले स्थलगत रूपमै १० हजार जरिवाना गरेको हो।

विभागका अनुसार उक्त फर्मले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिमको दायित्व पूरा नगरेको पाइएको छ।

दफा १५ ले वस्तु वा सेवाको मूल्य सूची राख्नुपर्ने, बिल दिनुपर्ने र गुणस्तर कायम गर्नुपर्ने जस्ता अनिवार्य सर्तहरू तोकेको छ।

आइतबार विभागले सुन्धारा क्षेत्रका कुल १३ वटा फर्महरूमा अनुगमन गरेको थियो। जसमध्ये एउटालाई १० हजार जरिवाना गर्दा अन्यमा सामान्य कैफियत देखिएकाले सुधारका लागि निर्देशन दिइएको छ।

यो अनुगमनमा विभागका प्रतिनिधिहरूका साथै स्थानीय जनप्रतिनिधि र उपभोक्ता अधिकारकर्मीहरूको पनि सहभागिता रहेको थियो। विभागले उपभोक्ता हित विपरीत कार्य गर्ने जोकोहीलाई पनि कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

चैत ९, २०८२ सोमबार ०७:२५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।