लागुऔषधसहित सात जना पक्राउ

लागुऔषधसहित सात जना पक्राउ

काठमाडौं : नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ।
    
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-१० बाट एक जना, सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकबाट दुई जना, धरान उपमहानगरपालिका-१५ बाट एक जनालाई खैरो हेरोइन र गाँजासहित गएराति उनीहरुलाई पक्राउ गरिएको हो। 

यसैगरी, झापाको विर्तामोड नगरपालिका-३ बाट एक जना, कञ्चनपुरको बेलौरी नगरपालिका-१० पन्तचोकबाट एकजना र कैलालीको धनगढी उपमहानगरपालिका-१० घुइयाबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो।

चैत ८, २०८२ आइतबार १२:४८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।