पाल्पाको माथागढीमा टिप्पर दुर्घटना : तीन जनाको मृत्यु, एक गम्भीर घाइते

पाल्पाको माथागढीमा टिप्पर दुर्घटना : तीन जनाको मृत्यु, एक गम्भीर घाइते

बुटवल : पाल्पाको माथागढी गाउँपालिका-७ रहबासमा शनिबार साँझ टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा मृत्यु हुनेहरूमा सितगङ्गा ४ सिधारा, अर्घाखाँची चालक चिन्ता बहादुर सुनार र अन्य २ जना छन्। अन्य २ को पहिचान खुलेको छैन। 

साथै, तानसेन नगरपालिका-१० पटुवाका ३३ वर्षीय राजन चिदीको दुवै खुट्टा भाँचिएको र अवस्था गम्भीर रहेको छ। उनलाई रिफरको तयारी गरिएको छ।

चैत ७, २०८२ शनिबार २१:४३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।