प्रोटोन ईमास-७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज’ मेला सुरू

प्रोटोन ईमास-७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज’ मेला सुरू

काठमाडौं : जगदम्बा मोटर्सअन्तर्गतको विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले काठमाडौंको बौद्धस्थित होटल तिब्बतमा तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सुरु गरेको छ।

चैत ६, ७ र ८ गतेसम्म चल्ने यस मेलामा ग्राहकले जुनसुकै ब्रान्डका पुराना गाडी साटेर नयाँ प्रोटोन ईमास-७ लिन सक्नेछन्।

योजनामा पुराना गाडी साट्दा बजार दरभन्दा बढी मूल्यांकन पाइने, गाडी खरिदमा विशेष नगद छुट, सहज फाइनान्स सुविधा, एक वर्षको निःशुल्क सडक दस्तुर र एक वर्षको बीमा तथा विशेष उपहारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यस गाडीमा १६० किलोवाट क्षमताको मोटर, १८० एमएमको ग्राउन्ड क्लियरेन्स र ४९२ देखि ५८५ किलोमिटर (एनईडीसी) सम्मको रेन्ज रहेको छ। प्रिमियम डिजाइन र आधुनिक सुरक्षा प्रविधि जडित यो गाडी ४६१५ एमएम लामो छ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले यस कार्यक्रमले नेपालमा विद्युतीय गाडीको भविष्य सुनिश्चित गर्न र स्वच्छ वातावरण प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

चैत ७, २०८२ शनिबार ११:०५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।