राप्रपा संसदीय दलको नेतामा शाही, खुश्बु मुख्य सचेतक
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले दलको नेतामा ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले शाहीलाई दलको नेता चयन गरेको हो।
यसैगरि बैठकले संसदीय दलको प्रमुख सचेतकमा खुश्बु ओलीलाई नियुक्त गर्ने निर्णय गरेको छ। ज्ञानेन्द्र प्रत्यक्षतर्फ फागुन २१ को निर्वाचनमा जुम्लाबाट निर्वाचित भएका थिए। उनी प्रत्यक्ष जित्ने राप्रपाका एक्ला सांसद हुन्। ओली पार्टीबाट समानुपातिक सूचीकी सांसद हुन्।
चैत ५, २०८२ बिहीबार १९:०१:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।