शंकास्पद अवस्थामा जनकपुरधाममा पुरुषको शव फेला

शंकास्पद अवस्थामा जनकपुरधाममा पुरुषको शव फेला

जनकपुर : जनकपुरधाममा बिहीबार बिहान एक पहिचान खुल्न नसकेको पुरुषको शव फेला परेको छ।

विश्वकर्मा चोकमा रहेको एउटा सटर अगाडि लडेको अवस्थामा भेटिएका ती व्यक्तिको मृत्यु शंकास्पद देखिएपछि धनुषा प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर राखेको छ।

स्थानीयले बिहानै सडक किनारमा ती व्यक्तिलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए। धनुषा प्रहरीको टोली पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ।

मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाको कारणबारे अनुसन्धान जारी रहेको धनुषा प्रहरीले जनाएको छ। शवलाई आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।

स्थानीयका अनुसार उक्त पुरुष हिजोदेखिनै सोही स्थानको छेउछाउमा डुलीरहेको अवस्थामा देखा परेको थियो।

चैत ५, २०८२ बिहीबार १५:१०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।