सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

सर्लाही : सर्लाहीमा स्कुल बसको ठक्करबाट द्ई वर्षीय बालकको मृत्यु भएको छ।

बागमती नगरपालिका– २ सानो डाबरीस्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको हो।

बिहीबार बिहान करिब ९ बजे जिरायतबाट हरिवनतर्फ जाँदै गरेको ना.१ क ७३८२ नम्बरको सगुन शिक्षा आवासीय विद्यालयको बसले स्थानीय श्याम गोलेका २ वर्षीय छोरा यनस गोलेलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा संलग्न बस र चालक हरिवन नगरपालिका-११ प्रगति टोलका करिब ५० वर्षीय सुर्य बहादुर थापालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ।

अहिले बालकको शव घटनास्थलमै रहेको र आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

चैत ५, २०८२ बिहीबार १२:३३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।