जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं : जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन्।

केन्द्रीय कारागार कार्यालयका सूचना अधिकारी बैकुण्ठ रेग्मीले जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार दुई सय हाराहारीमा कैदीबन्दी अझै फरार रहेको जानकारी दिए।

“भदौ २४ गते बिहानसम्म केन्द्रीय कारागारमा तीन हजार ८८० कैदीबन्दी  थिए, जेनजी आन्दोलनका क्रममा तीन हजार ५१७ कैदीबन्दी भागेका थिए। तीमध्ये अधिकाशं कैदीबन्दी फिर्ता भए, हाल एक हजार २०० कैदीबन्दी अझै फरार छन्,”उनले भने।

हाल केन्द्रीय कारागारमा तीन हजार ३१३ कैदीबन्दी छन्। जसमध्ये एक हजार ९२० कैदी, एक हजार ४९३ थुनुवा छन्। केन्द्रीय जेलमा एक हजार ७४९, भद्र जेलमा एक हजार २५० र महिला जेलमा ३१४ कैदीबन्दी रहेको सूचना अधिकारी रेग्मीले बताए।

केन्द्रीय कारागारमा जेनजी आन्दोलनका क्रममा सामान्य क्षति भएको थियो। कारागारभित्र रहेका पाँचवटै भवन सुरक्षित भएकाले पुनः कैदीबन्दीलाई फर्काउन सहज भएको कारागार प्रशासनले जनाएको छ। 
 

चैत ४, २०८२ बुधबार १८:२८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।