कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं : गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

युवाहरूले आँखामा कालोपट्टी बाँधेर ‘प्रतिवेदन खै ?’, ‘जनताको अधिकारःकार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’, ‘प्रतिवेदन हरायो सरकार किन डरायो’, ‘सरकार झुक्ला दोषिसामु घाइते जेनजी योद्धा झुक्दैन’ र ‘आमा न्याय माग्न तिमिलाई कति गर्नु कर’ लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन्।

आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाए पनि प्रतिवेदन सार्वजनिक नहुँदा आम नागरिक र प्रदर्शनकारी युवाहरूमा असन्तुष्टि बढेको छ।

चैत ४, २०८२ बुधबार १७:४३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।