कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कैलाली : कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१० दमौरा बस्ने ३३ वर्षीय दुर्गा बहादुर चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

सगुनी रानाले दिएको जाहेरीका आधारमा उनलाई खोजतलास गरिरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चौधरीलाई आवश्यक कानुनी कारबाहीका लागि कैलाली जिल्ला अदालतमा बुझाइएको छ।

चैत ४, २०८२ बुधबार १२:०९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।