२२ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

२२ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। 

मंगलबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको मूल्य आज दुई हजार दुई सय रूपैयाँ घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। 

मंगलबार सुन प्रतितोला तीन लाख नौ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी एक सय ८५ रूपैयाँ घटेर प्रतितोला पाँच हजार एक सय ५०मा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला पाँच हजार तीन सय ३५ रूपैयाँमा कारोबार भएको  थियो।

आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार  र त्यति नै परिमाणको चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

चैत ४, २०८२ बुधबार ११:०९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।