सर्वोत्तम र जगदम्बा सिमेन्टद्वारा नयाँ बानेश्वर प्रहरी वृत्तलाई सामग्री सहयोग
काठमाडौं : सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ बानेश्वरस्थित प्रहरी वृत्तलाई विभिन्न अत्यावश्यक सामग्री सहयोग गरेका छन्।
गत आइतबार सुविधानगरमा नवनिर्मित प्रहरी वृत्त कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका निर्देशकहरू टीका राम न्यौपाने र दिवस न्यौपानेले प्रहरी नायब उपरीक्षक राज कुमार सिंहलाई संयुक्त रूपमा सामग्री हस्तान्तरण गरे।
हस्तान्तरण गरिएका सामग्रीहरूमा कम्प्युटर, एयर कन्डिसनर, प्रिन्टर, फ्रिज र क्यामेरा लगायत रहेका छन्।
सुरक्षा निकायको कार्यक्षमता वृद्धि गरी प्रहरी कार्यालयको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मद्दत पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ।
सर्वोत्तम र जगदम्बा सिमेन्टले विगतदेखि नै विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँदै आएका छन्।
चैत ४, २०८२ बुधबार ११:०५:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।