पछिल्लो २४ घण्टामा विपद्का घटनामा ४ जनाको मृत्यु, २ करोड भन्दा बढी क्षति
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर विभिन्न विपद्का घटनामा परी चारजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
विपद्का कारण २ करोड ४१ लाख ६ हजार ९ सय रुपैयाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले सार्वजनिक गरेको बुलेटिन अनुसार चैत २ गते बिहान १० बजेदेखि चैत ३ गते बिहान १० बजेसम्म देशभर कुल ७३ वटा विपद्का घटना दर्ता भएका छन्।
यी घटनामा परी मृत्यु हुनेमध्ये हावाहुरीबाट दुईजना, सर्पदंशबाट एकजना र चट्याङ लागेर एकजना रहेको बताइएको छ।
विपद्का घटनामा सबैभन्दा बढी हावाहुरीका ४६, आगलागीका १२, चट्याङका ६ र वन डढेलोका ५ घटना दर्ता भएका छन्। देशभर ४३ जिल्लामा यी घटनाहरू रेकर्ड भएका छन्।
चैत ३, २०८२ मंगलबार १६:०६:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।