दोहोरो अंकले बढ्यो सेयर बजार, १२ अर्ब ३ करोडको कारोबार

दोहोरो अंकले बढ्यो सेयर बजार, १२ अर्ब ३ करोडको कारोबार

काठमाडौं : मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ। सेयर बजार मापक नेप्से १३.५१ अंकले बढेर २८ सय १२ दशमलव ३४ बिन्दुमा रोकिएको छ।

नेप्से सूचकसँगै कारोबार रकम पनि सामान्य बढेको छ।

३४० कम्पनीको ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयर खरिदबिक्रि हुँदा १२ अर्ब ३ करोड ४४ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन ११ अर्ब ९७ करोडको कारोबार भएको थियो।

१३२ कम्पनीको मूल्य बढ्दा ११३ को घट्यो भने १७ को स्थिर रह्यो।

हाइड्रोपावर समूह सबैभन्दा धेरै १.५९ प्रतिशत बढ्यो। त्यस्तै बैंकिङ ०.८४, विकास बैंक ०.६४, लगानी ०.६१, उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशत बढे।

आज दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ भने सालपा विकास बैंक र होटल फरेस्ट इनको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्यो। 

त्यस्तै शिवश्री हाइड्रोपावरको ८.१, लिबर्टी इनर्जीको ७.५३, माहुली लघुवित्तको ६.४४ तथा न्यादी हाइड्रोपावरको ६.१६ प्रतिशत मूल्य बढ्यो। 

आज धेरै कारोबार भएका कम्पनीमा रिडी हाइड्रोपावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावर छन्।

चैत ३, २०८२ मंगलबार १५:३७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।