यूएईको हवाई क्षेत्र पुन: सञ्चालनमा, उडानहरू सामान्य बन्दै

यूएईको हवाई क्षेत्र पुन: सञ्चालनमा, उडानहरू सामान्य बन्दै

दुबई : संयुक्त अरब इमिरेट्स (यूएई) को हवाई क्षेत्र (एयरस्पेस) पुनः सामान्य अवस्थामा फर्किएको छ।

यूएईको जनरल सिभिल एभिएसन अथोरिटी (जीसीएए) ले सम्पूर्ण हवाई ट्राफिक सञ्चालन नियमित रूपमा सुरू भएको घोषणा गरेको हो।

यसअघि मंगलबार, तीव्र रूपमा विकास भइरहेको क्षेत्रीय सुरक्षा अवस्थालाई मध्यनजर गर्दै यूएईका अधिकारीहरूले देशको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेका थिए।

अधिकारीहरूका अनुसार उडान र चालक दलको सुरक्षा सुनिश्चित गर्न तथा यूएईको भू-भागको रक्षा गर्न ‘असाधारण पूर्वसावधानी कदम’को रूपमा उक्त निर्णय लिइएको थियो।

प्राधिकरणले सुरक्षा र सञ्चालन जोखिमहरूको विस्तृत मूल्याङ्कन गरेपछि मात्र हवाई क्षेत्र बन्द गर्ने निर्णय लिएको स्पष्ट पारेको छ। यो कदम सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँगको पूर्ण समन्वयमा चालिएको थियो। 

प्राधिकरणले हवाई क्षेत्रको सुरक्षा र यूएईको सार्वभौमसत्ताको रक्षा आफ्नो पहिलो प्राथमिकता रहेको कुरामा जोड दिएको छ। अहिले सम्पूर्ण सुरक्षा अवस्थाको विश्लेषण पश्चात उडानहरू पुनः सुचारु गरिएको हो।

चैत ३, २०८२ मंगलबार १३:२३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।