लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं : त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने तीन किलो १६० ग्राम वस्तुसहित दुई जना  भारतीय नागरिक पक्राउ परेका छन्। 

बैङ्ककबाट नेपाल एअरलायन्सको विमानमा आएका उनीहरुलाई गएराति पक्राउ गरिएको हो । 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट ब्राउनसुगरसहित एक जना, कञ्चनपुरको बेलौरी नगरपालिका–६ बाट एक जना, सोही नगरपालिकाको सडकघाट पीपलचौताराबाट तीन जना, वडा नं ८ बाट दुई जना, भीमदत्तनगरपालिका–११ बाट एक जनालाई लागूऔषधसहित पक्राउ गरिएको हो।

यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–७ बाट ब्राउनसुगरसहित दुई जना, धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीबाट दुई जना, सोही उपमहानगरपालिकाको त्रिनगरबाट तीन जना, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ रमवापुरबाट दुई जना र पोखरा महानगरपालिका–२ बागलुङ बसपार्कबाट एक जनालाई पक्राउ गरिएको हो।

चैत ३, २०८२ मंगलबार १२:४८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।