रुपन्देहीमा ११ लाख बढीको अवैध सामान बरामद

रुपन्देहीमा ११ लाख बढीको अवैध सामान बरामद

रुपन्देही : जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिब ११ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ। प्रहरी टोलीले चैत १ गते अन्दाजी ११ लाख ५२ हजार ७२० बराबरको सामान बरामद गरेको हो।

जिल्लाका विभिन्न स्थानमा चेक गर्ने क्रममा अवैधरुपमा भन्सार छली चोरी पैठारी गरिएको सामान नियन्त्रणमा लिइएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए।

बरामद गरिएको सामानमा पीकअपसहित केरा, मोटरसाइकलसहित किराना सामान, ब्रोइलर कुखुरा, सुर्ती, जोली रोल्स चकलेट, हरिया सिम्लामिर्च, झोला ड्रागन धूप, विभिन्न किचन सामग्री, पटका, फलफूल, विभिन्न प्रजातिको फूलका बिरुवालगायत छन्।

चैत २, २०८२ सोमबार ११:३१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।