सामान्य अंकले बढ्यो नेप्से, १४ अर्ब ३२ करोडको कारोबार
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य अंकले बढेको छ।
दिनभर उतारचढाव भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुँदा भने ४.४५ अंकले बढेर नेप्से परिसूचक २८२४ अंकमा कायम भएको छ।
दिनभरमा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बिहीबार १४ अर्ब ५५ करोडको कारोबार भएको थियो।
१२४ कम्पनीको मूल्य बढ्दा १३० को घट्यो भने ९ को स्थिर रह्यो।
आज व्यापार समूह सबैभन्दा धेरै २.८३ प्रतिशत बढेको छ। त्यस्तै बैंकिङ ०.२१, विकास बैंक ०.७४, फाइनान्स ०.२२, हाइड्रोपावर ०.०६, उत्पादन तथा प्रशोधन ०.१२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.१६, अन्य ०.०३ प्रतिशत बढे।
सोलु हाइड्रोपावरको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। त्यस्तै, साल्पा विकास बैंकको ९.९९, होटल फरेस्ट इन ९.९३, ग्रिनलाइफ हाइडोपावरको ९.५३ प्रतिशत मूल्य बढ्यो।
दरामखोला हाइड्रो इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो ।
चैत १, २०८२ आइतबार १५:४२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।