स्रोत नखुलेको १० लाखभन्दा बढी नगदसहित काठमाडौंबाट दुई जना पक्राउ
काठमाडौं : काठमाडौं महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगदसहित २ जना प्रक्राउ परेका छन्।
प्रहरीले शनिबार राति १० लाख ६३ हजार ८४० रुपैयाँसहित २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका २७ वर्षीय दीपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन्।
प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले हिटी पोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बा.प्र ०२-०५२ प ६९९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
चैत १, २०८२ आइतबार १२:४५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।