श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद, को-को परे ?

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद, को-को परे ?

काठमाडौं : श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ। सो पार्टीले समानुपातिकतर्फ ४ जनाको नामावली टुंग्याएको हो। 

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ४ जना सांसद पाउने गरि मत पाएको छ।

प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको छ।

पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बू, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र खस आर्य महिलाबाट अम्बिका संग्रौलालाई समानुपातिक सांसदका लागि सिफारिस गरेको छ।

फागुन ३०, २०८२ शनिबार १७:००:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।