समानुपातिक सांसद छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

समानुपातिक सांसद छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक चैत्र १ गते (आइतबार) दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको हो।

बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने विषयमा छलफल गरिने बताइएको छ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पनि दुलालले जानकारी दिए ।

यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ स्थानमा विजय हासिल गरेको छ भने समानुपातिकतर्फ २० सिट पाएको छ। 

फागुन ३०, २०८२ शनिबार १२:५४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।