एमालेले आज समानुपातिक सांसद छनोट र निर्वाचन समीक्षा गर्ने

एमालेले आज समानुपातिक सांसद छनोट र निर्वाचन समीक्षा गर्ने

काठमाडौं : हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन आज  एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै छ। 

दिउँसो १ बजे भक्तपुरस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक राख्ने तयारी गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। 

उनका अनुसार बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुङ्गो लगाउने र निर्वाचनको समीक्षा गर्नेछ। 

यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ सिट र  समानुपातिकतर्फ १६ सिट पाएको छ। 

निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेको छ।  

फागुन ३०, २०८२ शनिबार १२:४०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।