गर्मीलाई लक्षित गर्दै सीजीले ल्यायो अफर
काठमाडौं : सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको ब्रान्ड सेन्सेइले गर्मी मौसमलाई मध्यनजर गर्दै 'एसी सर्भिस तथा एक्सचेन्ज' अभियान सुरु गरेको छ।
फागुन २४ गतेदेखि सीमित अवधिसम्मका लागि सुरु भएको यस अभियानमा निःशुल्क सर्भिसिङदेखि आकर्षक छुटसम्मका सुविधाहरू प्रदान गरिएको छ।
पुरानो एसी सर्भिस गराउँदा 'सर्भिस चार्ज' पूर्ण रूपमा निःशुल्क गरिएको छ भने आवश्यक स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ। नयाँ सेन्सेइ एसी खरिदमा २० प्रतिशत विशेष छुट र जुनसुकै ब्रान्डको पुरानो एसी साटेर नयाँ लिँदा ५० प्रतिशतसम्म अतिरिक्त मूल्याङ्कन प्राप्त गर्न सकिनेछ।
साथै, नयाँ एसी खरिद गर्ने ग्राहकलाई ४ हजार रुपैयाँ बराबरको निःशुल्क जडान सुविधा र एक्सचेन्ज गर्नेहरूलाई ३ हजार रुपैयाँ बराबरको दुई वटा सर्भिस कुपन समेत प्रदान गरिनेछ। इन्भर्टर कम्प्रेसर, वाइफाइ र थ्री-इन-वान एयर फिल्टर जस्ता अत्याधुनिक प्रविधियुक्त सेन्सेइ एसीका लागि सीजी इलेक्समार्फत सरल ईएमआई सुविधा पनि उपलब्ध गराइएको छ।
इच्छुकले सीजी केयरको आधिकारिक हटलाइन वा क्युआर कोड स्क्यान गरी आफ्नो नाम दर्ता गराई सेवा लिन सक्ने कम्पनीले जनाएको छ।
फागुन २९, २०८२ शुक्रबार १५:४०:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।