नेपाल भित्रिँदै 'सुजुकी एक्सेस १२५'

नेपाल भित्रिँदै 'सुजुकी एक्सेस १२५'

काठमाडौं : भारतमा १० वर्षदेखि १२५ सीसी श्रेणीमा सर्वाधिक बिक्री भइरहेको स्कुटर 'सुजुकी एक्सेस १२५' नेपालमा भित्र्याउन तयारी थालिएको छ।

नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले यस स्कुटरलाई छिट्टै बजारमा ल्याउने संकेत गरेको छ। कम्पनीका अनुसार सुजुकी एक्सेस १२५ का केही युनिटहरू नेपाल आइपुगिसकेका छन्।

यो स्कुटर आफ्नो विश्वसनीयता, इन्जिनको सहजता र उत्कृष्ट माइलेजका कारण भारतमा लोकप्रिय मानिन्छ। १२४ सीसी इन्जिन क्षमता रहेको स्कुटरले दैनिक प्रयोगका लागि आवश्यक शक्ति र इन्धन दक्षताको सन्तुलन प्रदान गर्ने कम्पनीको दाबी छ। 

स्कुटरमा आरामदायी सिट, हलुका डिजाइन, सहज ह्यान्डलिङ र ठूलो 'अन्डर-सिट' स्टोरेज जस्ता विशेषताहरू रहेका छन्। यसैगरी, सुजुकी एक्सेस १२५ ले प्रतिष्ठित 'एसर फास्टर अवार्ड्स'मा 'स्कुटर अफ द इयर' को उपाधि समेत जितेको थियो।

भिजी अटोमोबाइल्सले स्कुटर लन्चको औपचारिक मिति नतोके पनि छिट्टै नेपालमा उपलब्ध गराउने तयारी भइरहेको जनाएको छ।  

फागुन २९, २०८२ शुक्रबार १५:३२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।