सीएफमोटो २५० डुअल ईएफआई नेपालमा सार्वजनिक, मूल्य कति?

सीएफमोटो २५० डुअल ईएफआई नेपालमा सार्वजनिक, मूल्य कति?

काठमाडौं : सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले बहुप्रतिक्षित मोटरसाइकल 'सीएफमोटो २५० डुअल ईएफआई' नेपाली बजारमा सार्वजनिक गरेको छ।

एक भव्य कार्यक्रमका बीच सार्वजनिक गरिएको यस मोटरसाइकलले एडभेन्चर र दैनिक सहरी यात्रा दुवैका लागि उत्कृष्ट विकल्प प्रदान गर्ने कम्पनीको दाबी छ।

२४९ सीसी क्षमताको सिंगल-सिलिन्डर, इलेक्ट्रोनिक फ्युल इन्जेक्सनयुक्त इन्जिन जडान गरिएको ‘डुअल पर्पोज’ मोटरसाइकल अफरोड र सहरको सडक दुवैका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार कच्ची सडकहरूका लागि २४५ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स रहेको यसमा उन्नत डिस्क ब्रेक प्रणाली छ।

नेपाली बजारमा यसको प्रारम्भिक मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ। यो मोटरसाइकल पोलार ह्वाइट, लाइम ग्रीन र टुन्ड्रा ग्रे गरी तीन रङमा उपलब्ध छ।

अन्तर्राष्ट्रिय स्तरको प्रविधि र आधुनिक डिजाइनमा निर्माण गरिएको यो मोटरसाइकलले नेपाली बाइकरहरूलाई थप साहसिक र स्मूथ राइडको अनुभव दिने कम्पनीले जनाएको छ।

फागुन २९, २०८२ शुक्रबार १३:३४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।