२८ सयले घट्यो सुनको मूल्य

२८ सयले घट्यो सुनको मूल्य

काठमाडौं : साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो। यसअघि बुधबार सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँसम्म पुगेको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर ५ हजार ४९५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पछिल्लो समय सुन र चाँदीको मूल्यमा निरन्तर फेरबदल भइरहेको छ।

फागुन २९, २०८२ शुक्रबार ११:२८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।